राप्रपा प्रदर्शनका क्रममा घाइते भएका डॅागीको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं। राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको छ । 

प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा समेत समस्या देखिएको थियो । ‘उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उहाँको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो’, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो, ‘सोमबार बिहान ४ बजे उहाँको निधन भएको छ ।’  

डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले बताउनुभयो । चैत २७ गते राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा प्रदर्शन गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार