जिपले ठक्कर दिँदा ६ जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौं। भारतको पश्चिम बंगालको दार्जीलिङ जिल्लाको बागडोग्रामा सिक्किमको नम्बर प्लेट रहेको जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान स्कोर्पियो जिपले बागडोग्राको मुनि चिया बगाननजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो ।

द सिक्किम टुडेका अनुसार बोलबमबाट जल चढाएर फर्कँदै गर्दा एसके ०८ पी ०७३७ नम्बरको जिपले ठक्कर दिएको हो । समाचारअनुसार जिपमा रहेका केही यात्रुसमेत घाइते भएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार