कामपा-८ अन्तरगत सिफलको सेतो ढोकादेखि जयवागेश्वरीसम्म पुनःनिर्माणसहित ढुंगा बिछ्याइदैँ

Nagarik Sewa 1+ समाचार ( )
११ श्रावण २०८०, बिहीबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ अन्तरगत पर्ने सिफल ढोकादेखि जयवागेश्वरीसम्म पुनः निर्माण सहित ढुंगा विछ्याइने भएको छ । कामपा - ८ अन्तरगतको सिफलको सेतोढोकादेखि जयवागेश्वरी मन्दिरसम्म पुनस् निर्माणसहित ढुंगा बिछ्याउने काम भइरहेको हो । 

केही समयदेखि खानेपानीको पाइप विछ्याउन खनिएको बाटो अलपत्र रहेकाले पुनः निर्माण सहित हाल ढुंगा विछ्याउने काम भईरहेको वडाअध्यक्ष आशामान संगतले जानकारी दिनुभयो । 

उहाँले विशेषगरी यस क्षेत्रमा जात्रा पर्वहरू धेरै हुने भएकाले पनि यहाँ ढुंगा बिछ्याउन लागिएको बताउनुभयो । कामपा - ८ अन्तरगत हाल विभिन्न संरचनाहरूको पुनः निर्माण सहित संरक्षण तथा प्रवद्धनको मकाम भईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार