स्थानीयद्वारा न्युरोड फुटपाथ विस्तार कार्यमा पुन अवरोध

Nagarik Sewa 1537+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

काठमाडौं। काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । 

स्थानीयको अवरोधसँगै यो कार्य  फेरि अनिश्चित बनेको छ । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ । 

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरी महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार