सांगीतिक क्षेत्र मार्फत समाजमा पुर्याएकाे याेगदान स्वरुप रक कौसल पुरस्कृत

Nagarik Sewa 1+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

 काठमाडौँ । सामाजिक जागरणमा सांगीतिक क्षेत्र मार्फत पुर्याएकाे याेगदान स्वरुप राकेश कौसल पुरस्कृत हुनुभएको छ । 

५७औँ अन्तराष्ट्रिय साक्षरता दिवस २०८० का अवसरमा कौसल शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशाेक कुमार राई तथा राज्यमन्त्री प्रमिला कुमारीबाट सम्मानित हुनुभएको हो । 


उहाँलाई निरन्तर सामाजिक जागरणमा सांगीतिक क्षेत्र मार्फत पुर्याएकाे याेगदानकाे कदर स्वरुप सम्मान गरिएको थियो ।

हाम्राे सचेतना सम्बन्धि गीत तथा भिडियाे विमाेचन कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । कौशलको छांयाकनमा ६० भन्दा बढि गीतहरू बजारमा सार्वजनिक भएका छन् ।

उहाँलाई शिक्षा तथा मानव स्राेत विकास केन्द्र तथा मिसन इन्टेन्मेन्टले सम्मान गरेको हो । उहाँ विगत ८ वर्षदेखि यहिँ क्षेत्रमा कार्यरत हुनुहुन्छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार