निर्माण कार्य गर्दा महानगरबाट अनिवार्य स्वीकृति लिनुपर्ने

Nagarik Sewa 1537+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने बताएको छ ।

महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो । सूचनाको उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

यस्तै निर्माण कार्य गर्दा पैदल यात्रु तथा स्थानीयवासीको आवागमनमा बाधा नपर्ने र प्रदूषण नियन्त्रण हुने गरी निर्माण क्षेत्रलाई घेरी सुरक्षित रूपमा मात्र गर्नुपर्ने महानगरले उल्लेख गरेको छ । यस्तै महानगरले निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा ३ दिनभित्र अनिवार्य रूपमा सूचना अनुसार गर्न गराउन निर्देशन दिएको छ ।  


  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार