तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति कार्य सम्पन्न

Nagarik Sewa 1537+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

म्याग्दी। संसारकै अग्लो ठाउँमा रहेको तिलिचो तालसम्मको पदमार्ग निर्माण र स्तरोन्नति कार्य सम्पन्न भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट झण्डै २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।

पदमार्गको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ र एक्यापले १० लाख रुपैयाँ खर्च गरेका घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिनुभयो । पदमार्ग निर्माणका लागि गाउँपालिकाले २८ जना स्थानीय युवा परिचालन गरेको थियो ।

साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएको गाउँपालिकाले जनाएको छ । जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलोचो ताल पुग्ने छोटो पदमार्ग हो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार