राष्ट्रपतिले सर्वसाधारणलाई विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्टहरूलाई टीका लगाइदिने

Nagarik Sewa 1+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलबार अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र  ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने ‘सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्युहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २ः०० देखि ३ः०० बजेसम्म  टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ः०० देखि ५ः०० बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण  गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार