सुनको मूल्यमा फेरि वृद्धि

Nagarik Sewa 1537+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काठमाडौं । पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ। 

आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो। 

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार