३.९७ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौं। आज नेप्से परिसूचकमा ३.९७ अंकले गिरावट आएर ०.१९ प्रतिशतले घट्दै २०७९ को बिन्दुमा पुगेको छ । नेप्सेमा सोमबार ८८ लाख २० हजार १२५ वटा सेयर कारोबार हुँदा ११० कम्पनीको मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज दिनभरिमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको  सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँको  सेयरकारोबार भएको छ । ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको  सेयरकारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९।६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६।९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार