आज सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

काठमाडौं। साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ हजार १ सय रूपैयाँ घटेको सुनको भाउ मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार