राष्ट्रपति रामचन्द्र पौडेलद्वारा काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन

Nagarik Sewa 1+ समाचार ( )
५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । बडादसैंको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले आज  गुहेश्वरी, मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली लगायतका शक्तिपीठ पुगेर दर्शन सहित पुजा अर्चना गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नु भएको हो ।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। बडादशैँको आठौं दिन आज मुलुकभरि माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार