जो बाइडेनलाई कोरोना सङ्क्रमण

Nagarik Sewa 1537+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना सङ्क्रमण देखिएको छ। लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उहाँको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उहाँ सङ्क्रमित भेटिनुभयो। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिनुभएको हो। 

उहाँले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताउनुभएको छ। बाइडेनलाई कोरोना सङ्क्रमणको हल्का लक्षण देखिएको छ। अब उहाँलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ।

राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ। अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना सङ्क्रमित भएपछि उहाँको चुनावी अभियान प्रभावित हुने भएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार