काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार तोलामा १७ सयले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएकोले सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भईरहेको जानकारी दिएको छ ।