चार दिने औपचारिक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री आरजु राणा

Nagarik Sewa 1537+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार चार दिने औपचारिक भारत भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री देउवा आइतबार भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।

भारतीय समकक्षी एवं विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भ्रमणमा जान लागेकी हुन्। भ्रमणमा परराष्ट्रमन्त्री देउवाले जयशंकरसँग भेटवार्ता गर्नेछन्। भेटमा दुईपक्षीय हितका विषयमा छलफल हुने र दुई देशबीचको सम्बन्धबारे कुराकानी गर्ने विज्ञप्तिमा उल्लेख छ।

मन्त्री देउवा बिहीबार नेपाल फर्किने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार