गायक प्रकाश तिमिल्सिनाको निधन

Nagarik Sewa 1537+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौं। गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। 

ललितपुर प्रहरी प्रवक्ताका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिनुभएको हो । उहाँको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’,  ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।

तिमिल्सिना ‘नेपाली तारा’प्रतियोगिताबाट गायन क्षेत्रमा थय क्रियाशिल हुनुभएको थियो  । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार