जिप दुर्घटनामा १ जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

काठमाडौं। अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु१ज ४७६३ नम्बरको डबल क्याप शितगंगा नगरपालिका वाड–१२ हिलेखोलामा दुर्घटना १ जनाको मृत्यु भएको हो । मृतकको पहिचाहन हुन बाँकी रहेको छ ।

यसैगरी, दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि बुटवल रिर्फर गरिएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा उपचार भइरहेको ठाडा ईलाका प्रहरी कार्यालय प्रमुख रबिन्द्र चन्दले जानकारी दिनुभयो । चालकसहित जिपमा १० जना सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार