दुग्ध कृषकहरु पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
६ असार २०८१, बुधवार

काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध कृषकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जना कृषकहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता र सहमति समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार