गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाउने महिला नभएर पुरुष भएको सनाखत

Nagarik Sewa 1537+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

काठमाडौं । बिहीबार दिउँसो (साउन ३१ गते) भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ। मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए।

‘आफन्त आएर मृतकको सनाखत गरेका हुन्,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।’  कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजे गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। 

सुरुमा प्रहरीले दुर्घटनामा परेको स्कुटर चालक महिला भएको विवरण सार्वजनिक गरे पनि पछि त्यसलाई सच्याएको थियो।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार