आफ्नो गल्ती बाहिर आउने डरले भंगहा नगरपालिकाका मेयर साहले गरे युवामाथि कुटपिट

Nagarik Sewa 1537+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् ।

स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा आर्केस्ट्रा मेला लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् ।

‘आर्केस्ट्रा जस्तो संवेदनशिल कार्यक्रम आयोजना गरिएको थियो । अश्लिलता प्रदर्शन गर्ने र कानूनले समेत बर्जित गरेको कुरामा मेयर उपस्थित भएपछि प्रश्न स्वभाविक थियो । फोटो भिडियो खिच्ने क्रममा मेयरले हातपात गर्नु भयो । अश्लिल गाली गर्दै मोबाइल समेत खोसेर लैजानु भयो’, पीडित महतोले भने ।

मेयर साहको रोहबरमा आयोजित आर्केस्ट्राले समाजलाई भड्काउने र अश्लिलता फैलाउने भन्दै आवाज उठान खोजेका महतोको मोबाइल खोस्दै कुटपीट समेत गरेको महतोले जानकारी दिए ।

स्थानीय युवा महतो भ्रष्टाचार, मिटरब्याज लगायत जनताका पीडामा आवाज उठाउदै आएका व्यक्ति समेत हुन् । नगरपालिकाले गर्ने हरेक काममा जवाफदेहीताको खोजी गर्ने महतोमाथि मेयरले यसअघि पनि अश्लिल गाली गर्दै विभिन्न धम्की दिने गरेको पीडितको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार