तोलामा १ हजारले बढ्यो सुनको मुल्य

Nagarik Sewa 1537+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजारले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार ४ सय कायम भएको छ ।

यस अघि मंगलबार सुन तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार