काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता रामकुमार भट्टराई उपमहासचिव पदमा निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणना अनुसार लोकप्रिय मतसहित नेता भट्टराई निर्वाचित भएका हुन् ।
प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका भट्टराईसँग इलाका कमिटी, जिल्ला कमिटी, पार्टीको केन्द्रीय विभाग र केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेको अनुभव पनि छ ।
उनी एकीकृत समाजवादीको पूर्नगठनदेखि नै पार्टी केन्द्रीय कमिटीमा क्रियाशिल रहेका छन् । उपमहासचिवमा मेटमणि चौधरी, राजेन्द्रकुमार राई, रामकुमार भट्टराई, गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले १५८, भट्टराई, शाहले समान १०७ र राईले १०६ मत प्राप्त गरेका हुन् ।
एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्युरोको मतपरिणमा बुधवार राति सावर्जनिक भएको छ । केन्द्रीय समिति सदस्य मध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भए । यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका छन् ।
Good