काठमाडौं। आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढेको छ। यसदिन नेप्से ०.७२ अंकले बढेर १९८०.२७ विन्दुमा बन्द भएको छ।
आइतबारको बजारमा दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोड रूपैयाँले बढेको हो। यस दिन ३०८ वटा धितोपत्रको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।