काठमाडौं । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले बजार अनुगमन गरेको छ। चाडपर्वको पूर्वसन्ध्यामा स्थानीय प्रशासनले बर्दिबास बजार अनुगमन गरेको हो। अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तु बरामद गरेर नष्ट गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बर्दिबासले जनाएको छ।