१२.२९ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं। हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२.२९ अङ्कले बढेर १९८४.४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

आज ६३ लाख ९३ हजार कित्ता शेयर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार