काठमाडौं। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पार्नुभएको छ । गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको रकम आफूले हिनामिना नगरेको स्पष्ट पार्नुभएको हो ।
राज्य व्यवस्था समितिमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले गृहमन्त्रीको राजीनामा माग गर्नुभएको थियो । सांसद बडूले सहकारी प्रकरणमा नाम मुछिएकाले गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताउनु भएको थियो। उहाँले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भन्ने जनतालाई विश्वास दिलाउनका लागि भएपनि छानबिन अवधिमा बाहिर बस्न आग्रह समेत गर्नुभयो।
जवाफमा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नामबाहेक केही नभएको दावी गर्नुभयो। सहकारीमा जहाँ मेरो नाम भनिएको छ। त्यहाँ नामबाहेक केही छैन। हस्ताक्षर छैन। न ल्याप्चे छ। न मैले निवेदन दिएको छु। मेरो सामान्य केवाईसी भरिएको छ। त्यहाँ केही पनि भरिएको छैन। न अनुसन्धान भएको थाहा छ। त्यो मुद्दा अदालतमा दर्ता भएको छ। मुद्दामा म प्रतिवादी छैन। बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन,ुउहाँले भन्नुभयो ,ु जाहेरी छ जो प्रहरीले सूचनाको रुपमा लिएको जानकारी आएको छ।ु