कांग्रेसद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग

Nagarik Sewa 1537+ समाचार ( )
१ असार २०८१, शुक्रबार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनमा जानकारी गराउन माग गर्नुभएको हो।

‘आगामी दिनको यो प्रतिनिधि सभा बैठक प्रारम्भ हुनेबित्तिकै प्रधानमन्त्रीज्यूबाट आफ्नो भारत भ्रमण र राष्ट्रपतिजीको विदेश भ्रमणका बारेमा सदनलाई जानकारी हुनुपर्छ, अखबार पढेर समाचार जानकारी हुने अवस्था नबनोस्,’ लेखकले भन्नुभयो, ‘यसमा सभामुखबाट रूलिङ हुनुपर्छ।’

राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रीहरू सदन चलिरहेका बेला विशेष खालका निर्णय गरेर जानुपर्ने प्रचलन रहेको पनि उहाँले बताउनुभयो। साथै लेखकले प्रधानमन्त्री दाहाललाई संसद बैठकमा नदेखिएको पनि बताउनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार