क्यान्सर अस्पतालबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

काठमाडौं। ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार