काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
बिहीवार एक लाख ३४ हजार मूल्य कायम भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३३ हजार ७ सय निर्धारण भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला १ हजार ६ सय ५० बराबरको मूल्य निर्धारण भएको चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार ६१५ रुपैयाँ कायम भएको छ ।