प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्दै
२२ श्रावण २०८०, सोमबार
काठमाडौँ । प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताउनुभयो ।
सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राख्नुभएको छ ।