मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल

Nagarik Sewa 1537+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

जनकपुरधाम। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । उहाँले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेश प्रदेशमा पनि सरकार परिवर्तन हुने बताउनुभएको हो । 

मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताउनुभयो ।

प्रधानमन्त्री पुप्पकमल दाहालले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेश प्रदेशको सरकार पनि परिवर्तन हुन्छु, अध्यक्ष भन्नुभयो । फरक प्रसङ्गमा उहाँले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार