९.१९ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १९ अङ्कले बढेर २ हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

 आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर १८ करोड आठ लाख रुपैयाँमा कारोबार भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार