साफ महिला च्याम्पियनसिपमा नेपाल आज माल्दिभ्सविरुद्ध खेल्दै

Nagarik Sewa 1537+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

काठमाडौं। घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेल आज माल्दिभ्सविरुद्ध खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ ५ः३० बजेदेखि खेल सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा आज मैदानमा उत्रँदैछ ।

समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ । माल्दिभ्स पनि बलियो टोली नेपाललाई रोक्दै अंक जोड्ने प्रयासमा हुनेछ ।

माल्दिभ्स आफ्नो पहिलो खेलमा श्रीलंकासँग १–० गोलअन्तरले पराजित भएको थियो । आजको पहिलो खेलमा समूह ‘बी’ का श्रीलंका र भुटान भिड्नेछन् । खेल दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ ।

श्रीलंका लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँन लागेको हो भने भुटान आज पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार