तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

काठमाडौं। निरन्तर उकालो लागिरहेको सुनको मूल्यले साताको पहिलो कारोबार दिन फेरी २९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार