आज बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

Nagarik Sewa 1537+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । साउन आठ मा मुख्यमन्त्री नियुक्त लामाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको नेतृत्वबाट विश्वासको मत लिन लाग्नुभएको हो  । 

 मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ।

१२ साउन शनिबार मात्रै सरकारलाई पूर्णता दिनुभएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार