कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

Nagarik Sewa 1537+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । यता, नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा गत २५ वैशाखमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार