तोलाको ६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६२ हजार ४ सय पुगेको हो।

यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार