पार्टीलाई समाप्त हुन नदिन संसद विघटन गरे: ओली

Nagarik Sewa 1537+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताउनुभयो ।

पार्टीका काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गर्नुभयो । दक्षिणपन्थी शक्तिहरुको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरुलाई बुझाईसकेको अवस्थामा हुने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भएपनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गर्नुभयो । अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरेपनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरुको पाउमा बुझाउने काम गरेको जिकीर पनि गर्नुभयो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार