इमाडोलमा भासियो सडक

Nagarik Sewa 1537+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं। ललितपुरको इमाडोलमा सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

सडक करिब तीन मिटर भासिएको छ । सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ । 

हालै काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार