काठमाडौं । काठमाडौँमा उपत्यकाको न्यूनतम तापक्रम आज (असोज २९ गते) १५ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज मंगलबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको हो।
यसअघि हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो। २४ घण्टामै उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसभन्दा बढी घटेको हो। तर आइतबार भने उपत्यकाको न्यूनतम तापक्रम १५ भन्दा पनि मुनि १४.७ डिग्री सेल्सियस थियो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार मनसुन बिदा भएर पोस्ट मनसुन लागेपछि देशभर नै तापक्रम क्रमशः घट्दो छ। मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।
न्यूनतम सामान्यतया हरेक बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।