काठमाडौं। नेपाल 'ए' ले टस जितेर टी- २० अभ्यास खेलमा आयरल्याण्डविरुद्ध पहिला बलिङ गर्दैछ। खेल अहिले १ बजेदेखी सुरू भयो। नेपाल 'ए' ले आयरल्याण्डविरुद्ध बलिङ गर्दै
बिहीबार खेल वर्षाका कारण स्थगित भएको थियो। टी २० खेल्ने टिम नेपाल‘ ए मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।