काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर फर्किएको टोलीलाई भव्य स्वागत

Nagarik Sewa 1537+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं। माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएको नेपाल पुलिस क्लबको टोलीलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । 

विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गर्दै उहाँहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्याइएको हो । 

शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको थियो ।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार