अदालतमा विचाराधीन मुद्दामा नबोलेको भए हुने थियोः महजोडी

Nagarik Sewa 1537+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा रहेको विषयमा अभिव्यक्ति दिएको भन्दै क्षमा याचना गर्नुभएको छ। 

हाल अस्ट्रेलियामा रहेका मह जोडीले आफूले अदालतमा विचाराधीन मुद्दामा बोल्ने नहुने भन्दै आफूले गम्भीर समीक्षा गर्दै गल्ती भएको बताउनुभयो। 

भिडियो सन्देशमा श्रेष्ठले भन्नुभएको छ, ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो। अपर्झट आएको प्रस्तावमा के बोल्ने भन्दै अकमकिदै के बोल्ने कति बोल्ने विषयमा हामीबाट त्रुटी भएको छ। नबोलेको भए पनि हुने थियो।‘

त्यस्तै आचार्यले भन्नुभएको छ, ‘अदालतमा विचाराधीन मुद्दा मा नबोलेको भए पनि हुने थियो। यति धेरै वर्ष माया गरिदिनु भयो। अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला।‘

केही दिन अगाडि नागरिकता किर्ते मुद्दा  पक्राउ परेका कैलाश सिरोहियाको पक्षमा महजोडीले अभिव्यक्ति दिएका थिए। त्यसको अहिले चौतर्फी आलोचना भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार