दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

नयाँ दिल्ली । पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार अस्पतालबाट १२ बालबालिकालाई उद्धार गरिएको थियो । तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए । आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको थियो । ‘हामी यहाँ पुग्नुअघि नै यहाँबाट केही मानिसलाई निकालिसकेको थियो । हामीले जम्मा १२ जनालाई उद्धार गरेका थियौँ,’राजेश अटवालले भने । दिल्ली अग्नि विभागका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११ः ३२ बजेतिर फोनमार्फत प्राप्त भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार