तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार