आगामी मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस

Nagarik Sewa 1537+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गर्नुभएको हो ।

देशका विभिन्न स्थानीय तहमा नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु गरी ४१ पद खाली भएको छ । प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरेर सरकारले छिटो निर्वाचनको मिति तोक्ने बताउनु भएको प्रमुख आयुक्त थपलियाले बताउनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार