काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सिताराम येचुरीको निधनमा शोक प्रकट गर्न पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भारत जाने भएका छन्
। बिहीबार ७२ वर्षको उमेरमा निधन भएका यचुरीलाई समवेदना प्रकट गर्न अध्यक्ष नेपाल आज राति दिल्ली प्रस्थान गर्न लागेका हुन् । उनीसँग पार्टीका नेताहरु पनि रहने सचिवालयले जनाएको छ ।
येचुरीका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी भाकपा मार्क्सवादीमा सन् २०१५ मा महासचिव चुनिएका थिए ।
येचुरीले सो पार्टीमा ३ पटक महासचिवको जिम्मेवारी सम्हालेका थिए । यचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।उनी नेपाल नजिक रहेका कम्युनिष्ट नेता मानिन्छन् ।