माअ‍ोवादी केन्द्रद्वारा संसद अवरोध

Nagarik Sewa 1537+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

काठमाडौं। सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको छ। बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाउनुभएको छ।

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वलाई पटक पटक हिंसा भन्नुभएको थियो। त्यतिबेला पनि एमाले माओवादीबीच भनाभन भएको थियो। त्यतिबेला माओवादीले जनाएको नियमापत्तिबारे सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा निर्णय सुनाउँदै उक्त शब्द असंसदीय नरहेको रूलिङ गर्नुभएको थियो। 

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ  १८ गतेको कार्यव्यवस्था समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतको आधारमा विषय प्रसंग र प्रस्तुतिलाई विचार गर्दा उक्त ुहिंसाु भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’ उहाँले भन्नुभयो।

हिंसा शब्दलाई लिएर सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच फेरि चर्काचर्की भएको छ। माओवादी सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले ३० भदौसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार