काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको महासचिव सिताराम येचुरीको निधनमा काठमाडौंमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । साउथ एसिया फाउन्डेसन नेपालको आयोजनामा शिर्षस्थ नेताहरुको उपस्थिती सहित श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै नेताहरुले येचुरीको कम्युनिष्ट आन्दोलन बचाउन र दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, बावुराम भट्टराई, पूर्वराष्टपति रामवरण यादव, नेताहरु बिमलेन्द्र निधी, उपेन्द्र यादव, गोपालमान श्रेष्ठ र शेरबहादुर कुँवर लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।