सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरामा डोजर

Nagarik Sewa 1537+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले गोरुमारेभञ्ज्याङमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरामा डोजर चलाएको छ । नगरपालिकाले टहरा र पक्की तथा कच्ची घरमा जोडिएका पालीमा डोजर चलाएको हो । गोरूमारेभञ्ज्याङ–बेतिनी सडक आसपासमा रहेका त्यस्ता संरचना बिहीबार साँझ नगरपालिकाले भत्काएको छ ।

नगरपालिकाले सडक चौडा गर्ने क्रममा अवैध संरचनाले समस्या सिर्जना गरेपछि भत्काइएको सिद्धिचरण नगरपालिका ११ का अध्यक्ष विनोद ताम्रकारले बताउनुभयो । सरकारी जग्गा मिचेर बनाइएका अवैध संरचनाहरु हटाउनका लागि नगरपालिकाले सूचना जारी गरेको थियो । ६ महिनाअघि नै सूचना जारी गर्दा पनि घरटहरा धनीले संरचना नहटाएपछि नगरपालिकाले डोजर चलाएको हो ।

घरटहरा हटाउने कार्य रोकीपाउँ भनी घरटहरा धनीले अदालतमा दिएको रिट नगरपालिकाको पक्षमा फैसला भएपछि त्यस्ता संरचना हटाउन नगरपालिकालाई बाटो खुलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार